कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजा बीच सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजा बीच सम्झौता

कुमारी बैंक लिमिटेड र बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजा बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो होटेलबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट गर्दा होटेलको फुड एंड बेभरेज र रूम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।  


कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
 

Read More