काठमाडौं । दुई छट्टा छुट्टै कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् । एभरेष्ट बैंक र हिमालयन बैंकले ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन ।
एभरेष्ट बैंकले उर्जा ऋणपत्र निष्कासन गर्नका लागि जेठ २४ गते र हिमालयन बैंकले जेठ २३ गते निवेदन दिएका हुन । एभरेष्ट बैंकले २० लाख कित्ताऋणण निष्कासन गर्नका लागि सेबोनमा निवदन दिएको हो । ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीेले कुल २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकीरहेको १२ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।








