अन्नपूर्ण केबुलकार सेवामा कुमारी बैंकका ग्राहरुलाई छुट दिने सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अन्नपूर्ण केबुलकार सेवामा कुमारी बैंकका ग्राहरुलाई छुट दिने सम्झौता

कुमारी बैंक र पोखरा स्थित अन्नपूर्ण केबलकारबीच बैंक ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा  एइक् बाट भुक्तानी गर्दा १०% प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलज्यूले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक श्री दिनेश पौडेलज्यूले हस्ताक्षर गर्नुभयो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 

Read More