इन्टरनेट सेवा प्रदायक संघले विराटनगर लगायत तेह्र स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ।
निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशको केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जानकारी गराएको हो।
नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढंगले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट डेटा सेन्टर, पिओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको भन्दै आइस्पानले त्यस्ता ठाउँहरूमा इन्टरनेट सेवा बन्दा गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।








