यतिबेला सरकार विद्युतीय भुक्तानी प्रवद्र्धनमार्फत भौतिक मुद्रामाथिको निर्भरता घटाउने अभियानमा छ । नेपाल राष्ट्र बैंकको यो अभियानमा बैंक तथा वित्तीय संस्थाहरू आक्रामक रुपमा लागिरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थामा चेक वा पैसा बोकेर घण्टौँसम्म लाइनमा बस्ने प्रचलन भने अझै कायमै छ ।
जनसाधारणमा जागरण नआएसम्म, उनीहरूले विद्युतीय भुक्तानीको ज्ञान हासिल गरी त्यसको व्यावहारिक कार्यान्वयनमा अभ्यस्त नभएसम्म, यसलाई दैनिक जीवनको अङ्ग नबनाएसम्म सेवाप्रदायक, नियामक निकाय, सरकार, सञ्चारमाध्यम वा अन्य कुनै पक्षले जति नै जोड गरे पनि भौतिक मुद्रामाथिको निर्भरतालाई निरुत्साहित गर्न सकिँदैन ।








