२२ जेठ, काठमाडौं । एप्पलका डिभाइसहरु केवल प्रिमियम गुणस्तर तथा मूल्यका कारण मात्र लोकप्रिय छैनन् एप्पलले आफ्ना डिभाइसहरुलाई प्रयोगकर्ताको सुरक्षाको दृष्टिकोणले पनि अब्बल बनाउने गरेको छ ।
हलै एप्पलले आइफोन प्रयोगकर्ताका डाटाहरु ब्लाक मार्केटमा विक्रि हुनबाट कसरी जोगाइएको छ भन्ने तथ्यको खुलासा गरेको छ ।
एप्पल प्रयोगकर्ताको अर्बौँ डलर रकम गत वर्ष सन् २०२१ मा जोगाइदिएको कम्पनीको भनाइ छ ।
आफ्नो ब्लगमा कम्पनीले जनाए अनुसार सन् २०२१ मा एप्पलले एप स्टोरमा करीब डेढ अर्ब डलरको ठगीपूर्ण कारोबार हुनबाट प्रयोगकर्तालाई जोगाएको छ ।








