अहिले धेरै ठाँउमा भुक्तानीका लागि पर्स झिक्नुपर्ने अवस्था हटेको छः गभर्नर अधिकारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अहिले धेरै ठाँउमा भुक्तानीका लागि पर्स झिक्नुपर्ने अवस्था हटेको छः गभर्नर अधिकारी

सरकार तथा राष्ट्र बैंकले घोषणा गरेको कार्यक्रममा सबैभन्दा चाँडो कार्यान्वयनमा आएको विद्युतिय कारोबार नै रहेको केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। फोनपेको आयोजनामा भएको डिजिटल इकोनोमी कन्क्लेभमा शुक्रबार उनले यस्तो बताएका हुन्।

उनले डिजिटल प्रविधिले वित्तीय कारोबारमा ठूलो परिवर्तन ल्याएको अधिकारीले बताएका छन्।

अहिले सरकारको ९० प्रतिशत भुक्तानी विद्युतिय माध्यमबाट हुने गरेको उनकाे भनाइ छ।  अहिले धेरै ठाँउमा भुक्तानीको लागि पर्स झिक्नुपर्ने अवस्था हटेको र सबै भुक्तानी विद्युतिय माध्यमबाट नै गर्न सकिने अवस्था बनेको उनले बताए।

भविष्यमा पुरै डिजिटल बैकिङको अवधारणा आउने उनले बताए। यसका लागि राष्ट्र बैंकले डिजिटल मनिको अवधारणाको विषयमा अध्ययन गरिरहेकाे पनि अधिकारीकाे भनाइ छ ।

Read More
  • MBL - below news