नेपाल सरकारले इन्टरनेटमा लाग्ने कर घटाएसँगै यसको शुल्क पनि घट्ने भएको छ।
आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवा शुल्क ३ प्रतिशतले घट्ने घोषणा गरेको थियो। योसँगै इन्टरनेट सेवा शुल्क पनि सस्तो हुने भएको हो।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (इस्पान)का अनुसार हाल इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क १३ प्रतिशत लाग्दै आएको छ। अब भने सो सेवा शुल्क १० प्रतिशत मात्रै लाग्नेछ।








