सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङकी पदमकुमारी सेलिङको मृत्यु दावी भुक्तानी वापतको ३ लाख ५० हजार रुपैयाँ बुधबार मृतकका आफन्तलाई हस्तान्तरण गरेको छ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले सिटिजन बाल भविष्य जीवन बीमा वापतको मृतक पदमकुमारीका श्रीमान् अमृत लिम्बूलाई हस्तान्तरण गरे। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ताप्लेजुङस्थित कार्यालय प्रमुख शर्मिला भण्डारीका अनुसार अमृतलाई बिमांक वापत ३ लाख र मृतकको काजकिरिया खर्च वापत ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

सिटिजन बाल भविष्य जीवन बीमा योजना अनुसार प्रस्तावकको मृत्यु भएमा मासिक आय लाभदेखि बीमालेख परिपक्व हुने मिति वा विमितको मृत्यु जुन अघि हुन्छ, सो अवधिसम्मको बिमांक रकमको १ प्रतिशतका दरले हुने रकम ३ हजारका दरले मासिक रुपमा विमित बच्चाको खातामा रकम जम्मा हुनेछ।

Read More
  • MBL - below news