कुमारी बैंक लिमिटेडले दश वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र बिक्रि गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नुभएको छ । बैंकले प्रति कित्ता अंकित मूल्य १००० को दरले ३०,००,००० (तीस लाख) कित्ता गरी ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।





