डिजिटल नेपालको नारा लगाउने सरकारले सूचना प्रविधिमा छुट्ट्यायो कर्मकाण्डी बजेट, दूरसञ्चारको भन्दा कम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल नेपालको नारा लगाउने सरकारले सूचना प्रविधिमा छुट्ट्यायो कर्मकाण्डी बजेट, दूरसञ्चारको भन्दा कम

जेठ १६, काठमाडौं । सूचना प्रविधि  यस्तो चिज हो जसको एकपटक पूर्वाधार बनाएपछि त्यसको सुरक्षा र निरन्तरता दिन सके मात्रै पनि यो राज्यको उपस्थिति देखाइरहने गतिलो माध्यम हो । 

तर विश्व समुदायले नै अंगिकार गरेको सूचना प्रविधिको क्षेत्रलाई नेपाल सरकारले भने वेवास्ता गरेको वा यो क्षेत्रलाई खासै महत्व दिएको पाईएन ।

उच्च महत्वमा राख्नुपर्ने यस क्षेत्रलाई कर्मकाण्डी निरन्तरता मात्रै दिईएको छ। गत आर्थिक वर्ष  (आव)मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १० बुँदामा सम्बोधन गरिएको प्रविधि क्षेत्रलाई यस वर्ष ५ बुँदामा समेटिएको छ । त्यसमा पनि अधिकांश पुरानै कार्यक्रम (जुन शुरुनै भएनन्) लाई फेरि एकपटक 'गरिने छ' भनिएको छ । 

शिक्षा, सूचना/सञ्चार र प्रविधि अन्तरसम्बन्धित देखिएपनि छुट्टा छुट्टै हुन भन्ने सरकारले नबुझेको जस्तो देखिन्छ । तर यसका विषयगत सम्बोधन हुनुपर्नेमा बजेटले यसलाई समेटको छैन ।

Read More
  • MBL - below news