ट्वीटरमाथि १९ अर्ब जरिवाना : प्रयोगकर्ताका डाटा बेचेको आरोप


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्वीटरमाथि १९ अर्ब जरिवाना : प्रयोगकर्ताका डाटा बेचेको आरोप

काठमाडौं । प्रयोगकर्ताका डाटाहरुको गैरकानूनी प्रयोग गरेको अभियोगमा ट्वीटरमाथि झण्डै १९ अर्ब रुपैयाँ जरिवाना भएको छ ।

अमेरिकाको संघीय वाणिज्य आयोग र कानून मन्त्रालयका अनुसार नियामक निकायहरुसँगको सहमतिको ट्वीटरले उल्लंघन गरेकाले ट्वीटरमाथि १५ करोड डलर जरिवाना भएको हो ।

ट्वीटरले प्रयोगकर्ताका फोन नम्बर तथा इमेल ठेगाना लगायतका निजी जानकारीहरु विज्ञापनदातालाई नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । तर ट्वीटरले उक्त नियमको उल्लंघन गरेको संघीय अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

यसअघि युरोपेली युनियनको डाटा गोपनियता नीति उल्लंघन गरेको भन्दै सन् २०२० को डिसेम्बरमा ट्वीटरमाथि चार लाख युरो जरिवाना भएको थियो ।

Read More
  • MBL - below news