जनता प्रसारण तथा प्रकाशन लिमिटेडले IPO निष्काशन गर्न ग्लोबल आइएमई क्यापीटलसँग गर्यो सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनता प्रसारण तथा प्रकाशन लिमिटेडले IPO निष्काशन गर्न ग्लोबल आइएमई क्यापीटलसँग गर्यो सम्झौता

ग्लोबल आइएमई क्यापीटल लिमिटेडले संस्थागत परामर्श (Corporate Advisory) सेवा अन्तर्गत “Business-Concept to Listing” सेवा शुरु ग्रेको छ । उक्त सेवा अन्तर्गत जनता प्रसारण तथा प्रकाशनले आफ्नो व्यवसायलाई विस्तार गरि सर्वसाधारणको समेत सहभागी गराउने हेतुले कम्पनी र ग्लोबल आइएमई क्यापीटल बीच “Business-Concept to Listing” नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुबै पक्षबीच मिति २०७९ साल जेष्ठ १२ गते सम्झौता सम्पन्न भएको छ ।

ग्लोबल आइएमई क्यापीटलले  “Business-Concept to Listing” सेवा अन्तर्गत उद्यमशीलता  विकासका लागि व्यत्तिगत तथा संस्थागत व्यवसायिक अवधारणा 'Business-Concept'  लाई नेपाली व्यवसायिक वातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रवर्धन तथा कारोवारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउनेछ भने निकत भविष्यमा (Private Equity/Venture Capital (PE/VC) सम्बन्धी कार्यहरु गर्ने योजना रहेको छ । साथै, नियमकिय व्यवस्था अन्तर्गत प्रबन्धपत्र, नियमावल लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगनीकर्ता खोज्न सघाउ पुर्याउने छ । त्यसैगरी क्यापीटलले “Business-Concept to Listing” सेवा अन्तर्गत व्यवसायिक अवधारणलाई वास्तविकतामा परिणत गर्न आवाश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेण्ट बैंकरको रुपमा सघाउ समेत पुर्याउने छ ।

साथै, क्यापीटलले उक्त जनता प्रसारण तथा प्रकाशन लि.लाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने छ । ग्लोबल आइएमई क्यापीटले “Business-Concept to Listing”  सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि IPO जारी गरी Listing  सम्मको कार्यलाई एकिकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउनेछ ।

Read More
  • MBL - below news