अबदेखि ‘कागजपत्र’ रहित स्वास्थ्य सेवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अबदेखि ‘कागजपत्र’ रहित स्वास्थ्य सेवा

१० जेठ, काठमाडौं । बिरामीले कागजपत्रहरु बोकेर उपचारका लागि विभिन्न अस्पतालमा भौतारिरहनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) लागू गर्ने जनाएको छ ।

यो प्रणाली कार्यवन्यन भएसँगै स्वास्थ्य संस्थामा बिरामी गएदेखि उपचार हुँदा र बाहिरँदासम्मका सम्पूर्ण विवरण उक्त प्रणालीमा सुरक्षित रहनेछन् । बिरामीलाई उपलब्ध गराइने ‘कोड’ नम्बरबाट बिरामीका विवरणहरु जुन अस्पतालमा पुगे पनि रिर्पोट सहजै हेर्न सकिनेछ ।

यो सूचना प्रणालीमा बिरामीको एकिकृत तथ्य, चिकित्सकीय इतिहास, समस्या, प्रयोगशाला रिपोर्ट, एक्सरे तथा भविष्यमा अपनाउनु पर्ने औषधि उपचार विषयवस्तु एकैठाँउमा संकलित हुनेछन् । जसले गर्दा कुनै पनि कागजको प्रयोग नगरेरै बिरामीले तुरुन्तै सेवा लिन सक्छन् ।

सरकारले पुनः ल्याएको ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) स्वास्थ्य सेवा लिनका प्रभावकारी माध्यम रहेकोे जनस्वास्थ्यविद् तथा स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन् । ...

Read More
  • MBL - below news