काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु-याउने उद्देश्यका साथ बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासीको कावासोती नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
जेठ १० गते मंगलबार सञ्चालनमा आएको नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा रहेको उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि कुडौलीस्थित गुरौ किराना पसलका प्रोपाइटर प्रो. हेमराज गुरौलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।








