२१.९३ मेवा क्षमताको काबेली - ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्तामा एनएमबि बैंक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२१.९३ मेवा क्षमताको काबेली - ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्तामा एनएमबि बैंक

जेठ १०, काठमाडौं। एनएमबि बैंक लिमिटेडले २१ दशमलव ९३ मेगावाट(मेवा) को काबेली ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। 

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको उक्त आयोजना काबेली हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको जलविद्युत् आयोजना हो। उक्त आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सहवित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ। 

उक्त आयोजनाको कुल अनुमानित लागत रु. ४ अर्ब २८ करोड ५० लाख रहेको छ। जसमध्ये ती बैंकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ। उक्त आयोजनासमेत एनएमबि बैंकले कुल ४३ ओटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ।  

Read More
  • MBL - below news