नबिल बैंकको विशेष साधारण सभाः मर्जरपछि चुक्ता पूँजी २२ अर्ब ८३ करोड नाघ्ने, शेयर मूल्य अनुपात १००ः४३ कित्ता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकको विशेष साधारण सभाः मर्जरपछि चुक्ता पूँजी २२ अर्ब ८३ करोड नाघ्ने,  शेयर मूल्य अनुपात १००ः४३ कित्ता

काठमाडौँ / नबिल बैंक लिमिटेडको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्दै बैंकको साधारण सभा सम्पन्न भएको हो । 

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ।

जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

उक्त साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति  गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Read More