नबिल र एनबि बैंकबीचको मर्जर रोक्न सर्वोच्चमा परेको रिटमा आज पनि पेशी तोकियो


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल र एनबि बैंकबीचको मर्जर रोक्न सर्वोच्चमा परेको रिटमा आज पनि पेशी तोकियो

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको जारी मर्जर प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज पनि पेशी तोकिएको छ । आज न्यायधिशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो ।

नेपाल बंगलादेशको मुख्य सेयरधनी मध्ये एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले क्रमश बैशाख १९ गते र बैशाख २१ गते छुट्टाछुट्टै रिट दायर गरेका हुन् । नेपाल पावर डेभलपमेण्टको मुद्दामा सुनुवाई गर्दै न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । त्यस्तै दिवेश्वरी ईन्भेष्टमेण्टले दायर गरेको रिटमा न्यायधिश बमकुमार श्रेष्ठको एकल इजलाशले  कारण देखाउ आदेश, र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै  अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । अदालतले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर  अल्पकालीन अन्तरिम आदेश जारी  गरेको हो । त्यसपछि अदालतले दुवै रिटलाई एकै साथ राखेर सुनुवाई गरिरहेको छ ।

Read More