क्रिप्टोकरेन्सीको कमाल, सोसल मिडिया स्टारले २४ घण्टामै यसरी गुमाए ३५ करोड रुपैयाँ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्रिप्टोकरेन्सीको कमाल, सोसल मिडिया स्टारले २४ घण्टामै यसरी गुमाए ३५ करोड रुपैयाँ

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीले विश्वका धेरै मानिसहरुलाई रातारात धनी बनाइदिएको छ । कतिपय मानिसहरुले भने त्यही क्रिप्टोकरेन्सीका कारण आफ्नो जीवनभरको कमाई समेत गुमाउनुपरेको छ ।

डिजिटल दुनियाँका एक चर्चित स्टारले पनि क्रिप्टोकरेन्सीबाटै केवल एक दिनमै करीब ३५ करोड रुपैयाँ गुमाएका छन् ।

विश्वमा क्रिप्टोकरेन्सीको बजार धरासायी हुँदा उनले करोडौँ रकम क्षणभरमै गुमाउनुपरेको हो । करोडौँ रकम गुमाएसँगै उनी डिप्रेसनको सिकार बनेका छन् ।

ओलाजिदे ओलायंका विलियम्स बेलायती युट्युुबर तथा र्यापर हुन् । सोसल मिडियामा उनी प्क्क्ष् को नामले चर्चित छन् । उनले क्रिप्टो मार्केटबाट २८ लाख डलर गुमाएका छन् ।

प्क्क्ष् ले क्रिप्टोकरेन्सी लुनामा लगानी गरेका थिए, जसबाट उनलाई भारी नोक्सानी भयो । लुनाको शेयर मूल्यमा २४ घण्टाको बीचमा ९७ प्रतिशतले गिरावट हुँदा उनले करोडौँ रकम गुमाउनु परेको हो ।

Read More
  • MBL - below news