नेप्सेले विन नेपाल लघुवित्तलाई सोध्यो स्पष्टिकरण, कारोबार समेत रोक्का


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेले विन नेपाल लघुवित्तलाई सोध्यो स्पष्टिकरण, कारोबार समेत रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेले विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले बुक क्लोज मिति कायम गरेपछि कम्तिमा बुक क्लोज भन्दा ७ दिन अगाडी नेप्सेलाई जानकारी दिनु पर्नेमा सो ब्यबस्था पालना नगरको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले यो जानकारी नेप्सेलाई बैशाख ३० गते मात्र जानकरी गराएको थियो । बुक क्लोज मिति भन्दा कम्तिमा ७ दिन अगाडी नेप्सेलाई जानकारी दिनु पर्नेमा सो ब्यबस्था पालना नगरको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । त्यस्तै नेप्सेले यसमा के कसो हो भनाएको भन्ने विषयमा ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । 

Read More
  • MBL - below news