नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्दाको फैसला आज, के हाेला मर्जर?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्दाको फैसला आज, के हाेला मर्जर?

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिटको फैसला आज हुने भएको छ। उक्त रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ।

सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो। मंगलबारका लागि संयुक्त इजलाश डाकिएको थियो। सो इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। आज अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको हो। सर्वोच्च अदालतले जेठ ३ गते राष्ट्र बैंकलाई पनि बोलाएको छ ।

Read More