वैशाख २७, काठमाडौं । गएको तीन दिनमा विश्वका ठूला प्रविधि कम्पनीहरुले १० खर्ब ५९ अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाएका छन् ।
बुधवार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बेञ्चमार्क ब्याजदर बढाएयता शेयर बजारमा शेल–अफ (आफूसँग भएको शेयर सस्तो मूल्यमै मिल्काउने प्रवृत्ति) देखिएको छ । अन्य क्षेत्रको तुलनामा प्रविधि कम्पनीमा यो समस्या चर्को देखिएको छ ।
महामारीको समयसमेत हालैका वर्षमा बजार बुलिश बन्दा लगानीकर्ताहरुले प्रविधि कम्पनीको शेयरमा लगानी खन्याएका थिए । तर पछिल्लो समय लगानीर्ताहरुले सुरक्षित ठानिएका शेयरमा लगानी बढाउन थालेपछि प्रविधि कम्पनीको शेयरमा तीव्र कमी आइरहेको छ । ...








