काठमाडौँ / नबिल बैंक लिमिटेडका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारका लागि ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ ।
लामो समयदेखि बैंकको सञ्चालक समितिमा योगदान पुर्याएका स्व. पौड्यालको सम्झनामा बैंकले छात्रवृत्ति सुरू गरेको हो । स्व. पौड्याल कर्मचारीहरूको हित र विकासका निम्ती निरन्तर लागि पर्थे ।
उक्त छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरूले राष्ट्रिय परीक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरूको नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो ।




