चार महिनामा ३ अर्ब बढी बीमा पोलिसी सरेन्डर,सबैभन्दा धेरै नेपाल लाइफकाे बीमितले बीमालेख त्यागे


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चार महिनामा ३ अर्ब बढी बीमा पोलिसी सरेन्डर,सबैभन्दा धेरै नेपाल लाइफकाे बीमितले बीमालेख त्यागे

चार महिनामा बीमितहरुले तीन अर्ब बढीको बीमालेख सरेन्डर (समर्पण/त्याग) गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुका बीमितहरुले चालु आर्थिक वर्षको पुस, माघ, फागुन र चैत महिनामा ३ अर्ब १४ करोड ९४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन्।

चालु आर्थिक वर्षको पुसमा ६६ करोड २५ लाख रुपैयाँ, माघमा ६१ करोड १७ लाख रुपैयाँ, फागुनमा ८६ करोड ८४ लाख र चैतमा १ अर्ब ६६ लाख रुपैयाँ गरी सो बराबरको पोलिसी सरेन्डर भएको हो ।

 

 

जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै पोलिसी सरेन्डर भएको छ । यस अवधिमा कम्पनीको ८ हजार ६५० वटा बीमालेखहरुबाट एक अर्ब ४४ करोड ८९ लाख रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएका हुन् ।

यो सरेन्डर भएको कुल रकम ३ अर्ब १४ करोड ९४ लाख रुपैयाँको ४६ प्रतिशत हो ।

नेपाल लाइफपछि राष्ट्रिय बीमा संस्थानको पनि ३५ करोड १६ लाख रुपैयाँ बराबरको ६ हजार ८४७ वटा बीमालेख सरेन्डर भएका छन् ।

यस्तै नेशनल लाइफको पनि ३२ करोड २२ लाख रुपैयाँ बराबरको २ हजार ७९ वटा बीमालेख सरेन्डर भएका छन् ।

यसैगरी एलआईसी नेपालको २१ करोड ७६ लाख रुपैयाँ बराबरको १ हजार ३४५ वटा बीमा पोलिसी, एशियन लाइफको १५ करोड ५८ लाख रुपैयाँ बराबरको १ हजार ८५७ वटा बीमालेख, रिलायन्स लाइफको ११ करोड ९१ लाख रुपैयाँ बराबरको १२३ वटा बीमालेख, प्रभु लाइफको १० करोड ३४ लाख रुपैयाँ बराबरको १२७ वटा बीमालेख र मेट लाइफको १० करोड ६ लाख रुपैयाँ बराबरको १ हजार ३८८ वटा बीमालेख सरेन्डर भएका छन् ।

Read More
  • MBL - below news