पसल पसलमा महालक्ष्मी विकास बैंकको क्युआर कोड, नगदरहित बैकिङ कारोबारमा जोड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पसल पसलमा महालक्ष्मी विकास बैंकको क्युआर कोड, नगदरहित बैकिङ कारोबारमा जोड

काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले हरेक पसलमा नगद कारोबारलाई हटाएर बैकिङ् कारोबार गर्न जोड दिएको छ । यसका साथै हरेक पसल पसलमा क्युआर कोड वितरण पनि गरेको छ ।

“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले महाराजगंज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आज बैशाख २६ गते सोेमबार महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद«ा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत रुपमा क्यूआर कोड वितरण गरेको हो । 

उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनिकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

Read More
  • MBL - below news