काठमाडौं : महुली लघुवित्तका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना प्रकासित गरी २०७७ मंसिर ८ गतेबाट यता सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । सेयरधनीले सनराइज बैंकको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा कर वापतको रकम जम्मा गरीदिनु पर्नेछ ।
कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । महुलीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २६% बोनस सेयर वितरण गरेको थियो । महुली र नवकिरण लघुवित्त एक आपसमा मर्ज भएर २०७७ मंसिर ८ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनी एक भएपछि महुली लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।








