एनसीसी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैंकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नु पर्ने । ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तिय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र बिद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैंकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुति मार्फत प्रष्ट पार्नुभयो । दोस्रो सत्रमा सोही बैंकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैंकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराउनू भयो ।

सयजना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागि भएका थिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बीमा, शेयरको जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक श्री गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बीमा सुबिधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउँदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताउनु भयो ।

त्यसै गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबद्ध रहेको कुरामा थप प्रष्ट पार्दै सहभागिहरुलाई धन्यवाद गर्नुभएको हो । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संसथाका प्रबन्ध निर्देशक श्री टेकनाथ पोखरेलले संचालन गर्नु भएको थियो । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
 

Read More
  • MBL - below news