बजारमा बैंकहरुले निस्काशन गरेका ऋणपत्रमा सर्वसाधारण कम आक्रिषित हुने गरेका छन्। जसको कारण बैंक तथा वित्तिय संस्थाले खुलाएको ऋणपत्रमा समय थप गरेका छन्।
सेञ्चुरी कमर्शियल बैंकको ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ‘खुल्ला गरेको '१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ को समय थप गरेको छ । अब जेठ ४ गते सम्म ऋणपत्रमा आवेदन दिन सकिने छ। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। ऋणपत्रको व्याज १० प्रतिशत रहने छ।








