निर्वाचनमा टेलिकमको अफर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
निर्वाचनमा टेलिकमको अफर

काठमाडौँ — नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा उक्त अवसरमा ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ ।

उक्त अफर यही वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

'टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ,' विज्ञप्तिमा भनिएको छ, 'तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध हुनेछ, तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।' ...

Read More
  • MBL - below news