एनएमबि बैंकले योयो जिपलाइनसँग सहकार्य गरेको छ।आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ।
अब पर्यटकहरूले स्काई साइक्लिङ, जिप लाइन, स्विङ, केनोपी र रेष्टुरेन्ट एन्ड कफि शपको सेवामा छुट पाउनेछन्। बैंकका ग्राहकहरूले उक्त सेवाहरूको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकका दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र योयो जिपलाइनको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्।








