नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजीमै आश्रित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजीमै आश्रित

२१ वैशाख, काठमाडौं । नेपाल टेलिकमका आधाभन्दा बढी मोबाइल डेटाका प्रयोगकर्ता थ्रीजीमै आश्रित रहेको देखिएको छ । गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार पुगेको छ ।

नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गरिरहेपनि अझै पनि धेरै प्रयोगकर्ता थ्रीजी नै प्रयोग गर्न बाध्य छन् ।

चौथो पुस्ताको मोबाइल सेवा फोरजी प्रयोगकर्ताको संख्यामा नेपाल टेलिकमले एनसेललाई उछिने पनि एनसेलको थ्रीजी प्रयोगकर्ताको संख्या टेकिलमको भन्दा कम छ ।

Read More
  • MBL - below news