सूर्या लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को व्यतित बीमालेख नवीकरण गर्दा बीमितहरुले ब्याज छुट पाउने भएका छन् ।

कम्पनीले विभिन्न कारणले तोकिएके समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएको बीमालेखहरुको ३५ प्रतिशत सम्म व्याज छुट दिने भएको हो ।

कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्ष देखि व्यतित भएका बीमालेखमा नविकरण गर्दा लाग्ने व्याजमा ३५ प्रतिशत व्याज छुट दिनेछ ।

कम्पनीले २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म तोकिएको सबै प्रकृया पुरा गरी नविकरण गराएमा मात्रै व्याज छुट पाउने जनाएको छ ।

कम्पनीकाअनुसार सन २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट लागू हुने छैन ।

Read More
  • MBL - below news