क्रेडिट कार्डबाट ग्राहकले रकम झिक्न वा बैंक खातामा रकम ट्रान्सफर गर्न नपाइने व्यवस्थालाई राष्ट्र बैंकले कडाइ गरेको छ। तर, ग्राहकले अत्यावश्यक अवस्थामा भने यस्तो कार्डमा लोड भएको रकमको १० प्रतिशतसम्म भने झिक्न सक्नेछन्।
बैंकहरूले क्रेडिट र डेबिट गरेर दुई किसिमका कार्ड जारी गर्छन्। ग्राहकको खातामा भएको रकमको प्रयोगको लागि बैंकले ग्राहकलाई डेबिट कार्ड जारी गरेको हुन्छ। एटिएम मेसिनबाट झिक्न, पस मेशिनमा कार्ड घोटेर वस्तु तथा सेवाको भुक्तानीको लागि डेबिट कार्डको प्रयोग भएको हुन्छ।








