बन्द भयो एलेक्सा, डलर खर्चेर राम्रो भन्ने अनलाइनलाई समस्या


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बन्द भयो एलेक्सा, डलर खर्चेर राम्रो भन्ने अनलाइनलाई समस्या

वेबसाइटहरुको र्यांकिङ हेर्ने एलेक्सा डटकम बन्द भएको छ । अमेजोनले संचालन गरिरहेको यो वेबसाइट सन् २०२२ को मे १ तारिख अर्थात् हिजो देखि बन्द भएको हो । 

अमेजोनले गत डिसेम्बर मै सन् २०२२ को मे १ तारिखबाट एलेक्सा बन्द गर्ने घोषणा गरेको थियो  । साथै गत डिसेम्बर ८ देखि नै नयाँ ग्राहक बनाउने कार्य बन्द गरेको थियो। पुराना ग्राहकले भने सन् २०२२ को मे १ तारिखसम्म सेवा लिन सक्ने कम्पनीले जनाएकोमा अब सबै सेवा बन्द भएका छन् ।  यस संगै २५ वर्षअघि संचालनमा ल्याईएको यो वेबसाइट पूर्ण रुपमा बन्द भएको छ ।

 वेबसाइटहरुको र्यांकिङ हेर्नको लागि विश्वभर एलेक्सा चर्चित थियो । नेपालमा पनि विभिन्न विज्ञापनदाताले एलेक्सा मार्फत वेबसाइटको र्यांक हेरेर विज्ञापनको निर्णय लिने गरेका थिए । एलेक्सा बन्द भएसंगै डलर खर्चेर राम्रो र्यांकिङ देखाउने , आफुलाई र्यांकिङ कै आधारमा उत्कृष्ट भन्ने अनलाइनहरुलाई समस्या पर्ने भएको छ  ।

Read More
  • MBL - below news