एभरेष्ट इन्सुरेन्सले बोलायो साधारण, सेयरधनीलाई लाभांश


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट इन्सुरेन्सले बोलायो साधारण, सेयरधनीलाई लाभांश

काठमाडौं : एभरेष्ट इन्सुरेन्सले वैशाख २१ गते बुधबार वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३१% नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ । 

 

आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 

Read More
  • MBL - below news