बैशाख १६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स (SIC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ७९ रुपैयाँ १७ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। ...








