अब काठमाडौं उपत्यकामा क्यूआर कोडबाट ट्राफिक जरिवाना तिर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब काठमाडौं उपत्यकामा क्यूआर कोडबाट ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं । काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ। अर्थात “क्यू आर स्क्यान, पे फाईन एण्ड विथड्र डकुमेण्ट QR Scan, Pay Fine & Withdraw Document सुविधाको थालनी भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैक लिमिटेडवीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहीबार एक कार्यक्रमका बीचयो सेवा शुभारम्भ गरेको हो। उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्नेबाध्यताको विस्थापित भएको छ। कार्यक्रममा बोल्दैँ कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलेट्राफिक नियम उल्लङ्घन गरे उपरसेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमादेखिएको क्यू आर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरीसकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताए ।

Read More
  • MBL - below news