कामना सेवा विकास बैंकद्वारा नवौं शाखारहित बैंकिङ सेवा सञ्चालन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकद्वारा नवौं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख १५ गते बिहीबारबाट सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ मा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ का वर्तमान मेयर राम वलव साह, वडा अध्यक्ष  विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Read More
  • MBL - below news