चिप आधुनिक प्रविधिको ढुकढुकी हो । पेन ड्राइभ, खेलौना, कम्प्युटर, एप्लायन्सेस, रिमोट कन्ट्रोलदेखि ग्राफिक कार्ड, कार, स्मार्टफोनसम्म अहिले चिप प्रयोग नहुने सामान भेट्न मुश्किल छ ।
हेर्दा सानो भएपनि यसको महत्व र प्रयोग अथाह छ । सामान हेरीहेरी औंलामा गन्न सकिनेदेखि हजारौं ओटासम्म चिप प्रयोग हुन्छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वभर देखिएको चिप संकट अझै पनि मत्थर भइसकेको छैन । महामारीबीच चिपको माग सुस्ताउने अनुमानबीच कम्पनीहरुले धमाधम चिपको उत्पादन घटाए । तर क्रमिक रुपमा विश्वभर आर्थिक गतिविधि बढ्न थालेपछि चिपको माग बढ्यो ।
तर एक्कासी बढेको माग र महामारीका कारण उत्पन्न आपूर्ति चक्रमा अवरोधपछि चिपको अभाव देखिन थाल्यो । विस्तारै चिप संकट नै उत्पन्न भयो ।








