काठमाडौँ / “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ ।
आज मिति २०७९ वैशाख १४ गते बुधबार आयाजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी र यस बैंकका सञ्चालक श्री दिपक रौनियार ज्यूले गरेका हुन् ।
शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पालेका महानुभावहरुलाई यस बैंकका सञ्चालक श्री दिपक रौनियारले कृतज्ञता ज्ञापन गरे ।






