नेपालगञ्ज / महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा हाल रहेको स्थान नेपालगञ्ज शाखा स्थानन्तरण भएको छ । बैंकको नेपालगञ्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडमा रहेको उक्त शाखा वडा नं. २ पुष्पलाल चोकमा स्थानान्तरण भएको हो ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै महालक्ष्मी बैंकले शाखा स्थानान्तरणको क्रममा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमकाबीच सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र यस बैंकका सञ्चालक दिपक रौनियरले संयुक्त रूपमा गरे ।






