कुमारी बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 कुमारी बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त

काठमाडौँ ।  चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका छन् ।

बैंकको आज बसेको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । उनी केहि समययता बैंकको कामु सीइओको जिम्मेवारीमा थिए ।

उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का काउन्सिल सदस्य पनि हुन् । यसअघि बैंकको तेश्रो बरियतामा रहेका उनी बैंकका माथिका दुईले बैंक छोडेपछि कामु सीइओको भूमिकामा थिए । बैंकले उनलाई केहि समय हेरेर सीइओ दिने वा नदिने निर्णय गर्ने बताएको थियो । अन्तत: बैंकले उनको काम सन्तोषजनक रहेको भन्दै उनलाई सीइओ बनाउने निर्णय गरेको छ ।

Read More