नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगरद्वारा आयोजित प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकले जितेको छ ।
वैशाख १० गते विराटनगरस्थित द स्पोर्टस् हबमा सम्पन्न फाइनल खेलमा एन आई सी एशिया बैंकलाई १–० ले पाखा लगाउँदै नविल बैंकले उपाधि हात पारेको हो । खेलको दोस्रो हाफमा नविल बैंकका रोशन तामाङले गरेको गोल नै निर्णायक हुनपुग्यो ।




