कर्पाेरेट पे मार्फत १०० अर्ब रूपैयाँभन्दा बढीको कारोबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कर्पाेरेट पे मार्फत १०० अर्ब रूपैयाँभन्दा बढीको कारोबार

कर्पाेरेट पे प्रणालीकाे चालु आर्थिक वर्षमा १०० अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी बर्ष दिन अघि सुरुवात गरिएको कर्पाेरेट पे प्राणालीको प्रयोग निकै उत्साहजनक हुँदै आएको छ ।

हाल ४८ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ३,६०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् ।

यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि ‘क्विक पेमेन्ट’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्माचारी सञ्चय कोष सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टि अथराइजेशन तथा मल्टिपल सिग्नेटाेरिजकाे समेत उपयुक्त व्यवस्था रहेको छ । प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रूपैयाँसम्म र नेपाल सरकारलाई बुझाउने राजस्व सोहि बैंकमा भएको अवस्थामा प्रति कारोबार २०० करोड रूपैयाँ गर्न सकिन्छ । त्यस्तै नन–रियल टाइम कारोबारको हकमा २० करोड रूपैयाँसम्म र नेपाल सरकारको भुक्तानीको लागि ३० करोड रूपैयाँसम्म गर्न सकिन्छ । साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

Read More
  • MBL - below news