एनएमबि बैंकले सुरु गर्यो प्रदेश स्तरीय कृषि कर्जा योजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकले सुरु गर्यो प्रदेश स्तरीय कृषि कर्जा योजना

काठमाडौं । एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२, २०७९ सम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ को लागी पाथिभारा ब्यवसायिक कृषि कर्जा, मधेष प्रदेस को लागी मधेष ब्यवसायिक कृषि कर्जा, वागमती प्रदेशको लागी स्मार्ट कृषि कर्जा, गण्डकी  प्रदेशको लागी गण्डकी ब्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेसको लागी बुद्धभूमि ब्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागी कर्णाली ब्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागी सुदूर पश्चिम ब्यवसायिक कृषि कर्जा योजना ल्याएको छ । 

यस कर्जा योजना अन्र्तगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशाशनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ ।  

Read More
  • MBL - below news