नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले आफ्ना सेवाहरूमा सुधारको घोषणाका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नेपालबाट सञ्चालित यस कम्पनीले ’क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ।
नयाँ लोगोको बारेमा सीईओ नारायण प्रकाश भुजुले भने “हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरु अगाडि ल्याउन पाउँदा उत्साहित छौं नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङकेत गर्छ । क्यान ईन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिदै आइरहेको इभेन्टमा हाम्रो लोगो र सेवाहरु सार्वजनिक गर्नु यस इभेन्ट भन्दा उचीत अवसर अरु कुनै हुन सक्दैन।“







