नेप्सेको वेवसाइटमा देखिने फ्लोरसिट हेर्ने सुविधा आजबाट बन्द भएको छ । गत बिहीबार नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई लाइभ फ्लोरसिट बन्द गराउन निर्देशन दिएको थियाे।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले घोषित रुपमा बन्द नगरे पनि अहिले फ्लाेरसिट बन्द गरेर प्राविधिक परिक्षण भइरहेकाे बताए ।
कारोवार समयमा नै फ्लोरसिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सुझाव तथा गुनासो आएको जनाउँदै बोर्डले फ्लोरसिट हटाउन निर्देशन दिएको थियो ।








