कुनै समय नाफा कमाउँने क्षेत्रको रुपमा मात्रै चित्रण गरिने निजी क्षेत्रलाई पछिल्लो समयमा विश्वभरी नै समाजिक समस्या समाधानको समेत महत्वपूर्ण हिस्सेदारको रुपमा लिन थालिएको छ। निजी क्षेत्रले व्यवसायिक सफलतासँगै सामाजिक कार्य गरेका सफल उदाहरणहरू युरोप लगायत विभिन्न देशमा देख्न सकिन्छ।
युरोप कै कुरा गर्दा सन् १९९० को मध्यतिर युरोपियन युनियनका अध्यक्षको आग्रहपछि बेरोजगारी र बहिष्करण समस्याविरुद्ध एकजुट भएर अघि बढ्न युरोपका व्यवसायीहरूले संस्थागत सामाजिक उत्तरदायित्वका कामलाई सामूहिक अभियानको रुपमा अघि बढाए।




