काठमाडौं / नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ ।
अप्रिल १५, २०२२ मा भिभान्ता होटल ललितपूरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्ष संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनिहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत वाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरीरहेको छ ।
जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।




