अनअराइभल भिसामा नेपाल आउने विदेशीहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने भएको छ।
प्राविधिकहरूमार्फत आजै विमानस्थलको अनअराइभल कक्षमा एटिएम मेसिन जडान हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
'यहाँ प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै थियो। बीचमा यो मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आयो। भिसा कार्ड त रिड गरिरहेको थियो। त्यो पनि रिड गर्न छाडेपछि कार्यालयले सूचना निकालेको हो, अब हामी त्यहाँ वाणिज्य बैंकको एटिएम मेसिन पनि थप्छौं,' सिटौलाले सेतोपाटीसँग भने।








